जन्मदिनको अवसरमा बैद्यनाथका ३५ जना बटुकलाई शैक्षिक सामाग्री वितरण ।।

जन्मदिनको अवसरमा बैद्यनाथका ३५ जना बटुकलाई शैक्षिक सामाग्री वितरण ।।

मंगलबार श्रावण २९ , २०७५

अछाम साँफेबगरका कृष्ण कुवँरले आफ्नो छोराको जन्मदिनको अवसरमा बैद्यनाथधामका बटुकहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन । बैद्यनाथ धाममा अध्ययनरत ३५ जना बटुकहरुलाई आज शैक्षिक सामाग्री वितरण गरिएको हो । समाजसेवी कुवँरले छोरा ऐन्जल कुवँरको जन्मदिनको अवसर पारेर सामाजिक कामको उदाहरण पेश गरेका छन । घरपरिवारका सबै सदस्यहरुको उपस्थितीमा ऐन्जल कुवँरले ५ थान कापी, ५ थान डटपेनका दरले ३५ जना बटुकलाई वितरण गरेका हुन । छोराको सुस्वास्थ्य र दिर्घायूका लागी रचनात्मक काम गरेको ऐन्जलका बुबा कृष्ण कुवँरले बताउनु भयो । ऐन्जल कुवँर आज १३ बर्ष पुरा गरी १४ बर्ष प्रवेशको अवसरमा उक्त कार्य गरिएको हो ।