डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अछाममा प्लेकार्ड प्रर्दशन ।।

डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै अछाममा प्लेकार्ड प्रर्दशन ।।

बिहिबार असार २८ , २०७५

पूर्ण बहादुर खड्का, २८ असार अछाम । 
नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक १३ दिन देखी अनसनरत डाक्टर गोबिन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले प्ले कार्ड प्रदर्शन गरेका छन । 
 
डाक्टर केसीले उठाएका रहेक मुद्धाहरु आम ३ करोड नेपाली जनताको पक्षमा रहेको भन्दै अस्पतालमा कार्यरत सबै कर्मचारीले हात हातमा प्ले कार्ड लिएर आज उहाँको सर्मथन जनाएका हुन । 
 
डाक्टर केसीको जीवनरक्षाका लागी नैतिक सर्मथन स्वरुप प्ले कार्ड प्रर्दशन गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 
 
सुदूरपश्चिममा मेडिकल कलेजको काम तत्काल अगाडी बढाउनुपर्ने, मेडिकल शिक्षा सबैका लागी समान हुनुपर्ने, डाक्टर केसीको जीवनरक्षा गर भन्ने लगायतका प्लेकार्डहरु प्रर्दशन गरिएका थिए । 
 
डाक्टर केसीले उठाएका मागहरुमा ऐक्बद्धता जनाउदैँ निर्देशक ढुंगानाले उहाँका मागहरु सुनुवाई गर्न सरकारलाई आग्रह समेत गरेका छन । डाक्टर केसी १३ दिन देखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनसरत हुनुहुन्छ ।