ढुंगानाको अध्यक्षतामा क्यान महासंघ अछामको तर्दथ समिती गठन ।।

ढुंगानाको अध्यक्षतामा क्यान महासंघ अछामको तर्दथ समिती गठन ।।

बुधबार असार २७ , २०७५

पूर्णबहादुर खड्का, अछाम । 
अछाम जिल्लामा पहिलो पटक नेपाल कम्प्यूटर एसोसिएसन (क्यान) महासंघ अछामको तदर्थ समिती गठन गरिएको छ । सुचना तथा प्रविधीसंग सम्बन्धीत रहेर व्यायसाय संचालन गरिरहेका तथा सो संग सम्बन्धीत व्यक्तीहरुको भेलाबाट तदर्थ समिती गठन गरिएको हो । क्यान महासंघका केन्द्रिय सदस्य हर्क बहादुर सेट्ठीको अध्यक्ष्तामा भएको भेलाले खेमाज ईलेक्टोनिसका प्रोप्राईटर खेमाज ढुंगानाको अध्यक्षतामा अछाम जिल्ला तर्दथ समिती गठन गरिएको हो । 
 
भेलामा क्यानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज कुवँर प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अथिति कुवँरले सुचना प्रविधीको विकासका साथै व्यासायिक विकासको लागी क्यान महासंघ गठन गर्न लागिएको बताउनु भयो । क्यानले यो संग सम्बन्धित सबैलाई एकिकृत गर्दै व्यक्तीगत र व्यायसायिक विकासमा हसयोग गर्ने समेत उहाँले बताउनु भयो ।   
 
भेलामा क्यानका प्रदेश ७ का सहसचिव धिरेन बोगटी, प्रदेश सदस्य मनोहर कुमार श्रेष्ठ, अछाम उद्योग बाणिज्य संघका महासचिव बमबहादुर रावल लगायत सुचना प्रबिधी संग सम्बन्धीत ३५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
 
तर्दथ समितीको भेलाले अब ३ महिना भित्रै पहिलो भेला गरी कार्यसमिती गठन गर्ने निर्णय गरेको छ । जसका लागी ३ महिनाको अवधिभर सदस्यता खुल्ला गरिएको तर्दथ समितीका अध्यक्ष खेमाज ढुंगानाले बताउनु भयो ।