आमाबुवा गुमाएकी बालिका साहरा बिहिन ।।

आमाबुवा गुमाएकी बालिका साहरा बिहिन ।।

,

नमराज भण्डारी असार १६ अछाम ।    मंगलसैन नगरपालिका वडा नम्बर ७ मा एक बालिका साहरा बिहिन भएकी छन् । १२ बर्षिय गोमा कामी साहरा बिहिन भएकी हुन् । उनी अर्काको घरमा काम गरेर जीवन धान्न बाध्य भएकी छन् । आजभन्दा ७ बर्ष पहिले आमाबुवा बितेपछि उनी बेसहारा बन्दै आएकी हुन् । 
 
आमाबुवाको संक्रमित भएर ज्यान गएको र आफुभन्दा ठुली २ दिदीको बिहे भएर गएपछि उनी अहिले एक्लै भएकी हुन् ।
 
 “ आमाबुवा पहिले नै बित्नुभयो, दिदी पनि पोईली घर जानुभयो, “ गोमाले दुखेसो पोख्नुभयो, “अहिले सहयोग गर्ने कोही छैन ।“ उनी विद्यालय समेत जाँदिनन् । अरु विद्यालय गएको बेला आफुलाई पनि जान मन लाग्छ, उनले भनिन् तर म बेसहारालाई कसल स्कुल पठाईदिने ? अहिले स्थानीय मोतिराम ढुंगानाले उनको पालनपोषण गरिरहेका छन् । 
 
घर जग्गा ठुलो बुवाको छोाराको नाममा रहेको र ठुला बुवाको पनि मृत्यु भएको  गोमाले वताईन । ठुला बुवाको छोरा अहिले भारतमा रहेका छन ।  
 
 वेसाहारा बालिकालाई आफुले सहयोगका लागि पहल गरिरहेको वडा अध्यक्ष सिद्धराज ढुगांनाले बताउनुभयो । नगरपालिका लगायतका निकायमा सहयोगका लागि पहल गरिरहेको उहाँको भनाइ छ । ती बालिकाले हाल सम्म कुनै निकायबाट सहयोग नपाएको बताईएको छ ।