उषाकिरणको १२ अंक बिमोचन भोली कमलबजारमा हुने, कार्यक्रममा बृहत गजल बाचन गरिने ।।

उषाकिरणको १२ अंक बिमोचन भोली कमलबजारमा हुने, कार्यक्रममा बृहत गजल बाचन गरिने ।।

शुक्रबार जेठ २५ , २०७५

पूर्णबहादुर खड्का, २५ जेष्ठ अछाम । 
अछामको पहिलो गजल प्रधान राष्टिय पत्रिका उषाकिरणको १२ औँ अंकको भोली शनिबार बिमोचन हुने भएको छ । अछाम गजल मञ्चद्धारा प्रकाशित उषाकिरणको एक कार्यक्रमका बिच बिमोचन हुन लागेको हो । 
 
मञ्चले आफ्नो पत्रिकालाई अर्धबार्षिक रुपमा मुख पत्रका रुपमा प्रकाशित गर्दै आईरहेको छ । भोली हुने बिमोचन कार्यक्रमका बृहत गजल बाचनको समेत कार्यक्रम रहेको अछाम गजल मञ्चका सचिव जीवन सरोबरले बताउनु भयो । कार्यक्रको सम्पूर्ण तयारी समेत पुरा भएको सचिव सरोबरले बताउनु भयो । 
 
मञ्चले आफ्नो १२ औँ अंकमा जीवनपानी बिशेषका साथै विभिन्न गजलहरु समाबेश गरेको छ । कार्यक्रममा ४० भन्दा बढी श्रृष्टाको सहभागिता रहने अपेक्षा गरिएको छ भने कार्यक्रमको कमलबजार नगरपालिकाले प्रायोजन गरेको छ ।