पसिबलका सिईओ मार्कको अछाममा एक कार्यक्रमका बिच बिदाई

पसिबलका सिईओ मार्कको अछाममा एक कार्यक्रमका बिच बिदाई

सोमबार बैशाख २४ , २०७५

पूर्णबहादुर खडका, २४ बैशाख अछाम ।
 
नाफा रहित अन्तराष्टिय अमेरिकी संस्था पसिबलका सिईओ मार्क आरनलोडीको आज सोमबार बिदाई गरिएको छ । संस्थाको सिईओ पदबाट राजिनामा दिएसंगै उहाँको बयालपाटा अस्पतालमा आयोजित एक कार्यक्रमका बिच बिदाई गरिएको हो ।
 
पसिवलमा कार्यरत रहि मार्कले अछाम र दोलखामा मात्र नभई देशकै स्वास्थ्य क्षेत्रको सुधारका लागि ठुलो योग्दान पुर्याउनु भएको छ । उहाँको नेतृत्वमा संस्थाको बृद्धि विकासका साथै दिगोपनामा समेत टेवा पुगेको छ भने यस क्षेत्रका नागरिकले निशुल्क स्वास्थ्य सेवा पाएका छन । संस्थाले निशुल्क सेवा दिनमा उहाँको नेतृत्वमा उल्लेख प्रगति भएको बयालपाटा अस्पताल शिक्षा तथा चिकित्सा निर्देशक डाक्टर बिकाश गौचनले बताउनु भयो ।
 
बिदाई मन्तव्य दिदैँ सिईओ मार्कले संस्था यहाँसम्म पुग्नुमा कार्यरत कर्मचारीको ठुलो मेहनत र लगनशिता प्रति खुशी व्यक्त गर्नुभयो । सन २०१० मा आफु पहिलो पटक अछाम पुगेको स्मरण गर्दै मार्कले त्यो बेला थोरै मात्र कर्मचारी र सानो संस्था अहिले नेपालमै पहिलो बिद्युतिय प्रणालीको स्वास्थ्य संस्था बनाउन सफल भएको दाबी गर्नुभयो । आफु संस्थासंग आबद्ध नभएपनि सहयोग संधै रहिरहने समेत प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
 
सोमबार भएको बिदाई कार्यक्रममा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीले पनि मार्कले संस्थाको लागि पुर्याएको योग्दानको निकै प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षा तथा चिकित्सा निर्देशक डाक्टर बिकाश गौचन, लजिष्टिक विभागका अछाम प्रमुख तिलकमान बोहरा, जनसंचालन बिभागका नवराज जोशी, प्रभाव विभागका रमेश महर, सामुदायिक स्वास्थ्यका सोनु खड्काले बिदाई मन्तव्य दिदैँ मार्कले संस्थाका लागि गरेको काम र नेतृत्वको प्रशंसा गरेका थिए । मार्कले संस्थाका साथसाथै व्यक्तीगत जीवनमा पनि प्रभाव पार्ने काम गरेकोमा खुशी व्यक्त गर्दै फेरिपनि अछाम आउन आग्रह गरेका थिए ।
 
कार्यक्रममा काठमाण्डौँ संचालन प्रमुख प्रतिष्ठा थापा लगायत सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । पसिवलको सहयोगमा न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल र चरिकोटमा अस्पताल संचालन गरी निशुल्क स्वास्थ्य सेवाका साथै संस्थाले सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आईरहेको छ । आगामी दिनबाट पसिबलमा सिईओको जिम्मेवारी संस्थाका कार्यक्रम अधिृकत डाक्टर डंकन मारुले लिने भएका छन ।