नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी संचालन गरिने

नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठी संचालन गरिने

शुक्रबार बैशाख २१ , २०७५

पूर्णबहादुर खड्का, बैशाख २१ अछाम ।
नेपालमै पहिलो पटक अछाममा ग्रामिण अर्थोपेडिक कार्यशाला गोष्ठीको आयोजना हुने भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसनको साझेदारी तथा बयालपाटा अस्पतालको आयोजनामा कार्यशाला गोष्ठीको आयोजना हुन लागेको हो । 
 
बिशेषगरी ग्रामिण क्षेत्रमा अर्थोपेडिक शल्यक्रिया ट्रमालाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको बयालपाटा अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकले बताउनु भयो । 
 
उहाँका अनुसार यस कार्यशाला गोष्ठीले शल्यक्रिया ट्रमालाई ग्रामिण क्षेत्रको सेवालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गुर्नभएको छ । ग्रामिण क्षेत्रमा अर्थोका बिरामीको संख्या पनि बढी यस्ता समस्यालाई ग्रामिण क्षेत्रमै समाधान गर्ने लक्ष्य समेत कार्यशाला गोष्ठीको रहेको उहाँको भनाई छ । जसले गर्दा यस क्षेत्रका बिरामीलाई निकै टेवा पुग्ने विश्वास गरिएको छ । 
 
एकजना अर्थोपेडिक सर्जनको सहायतामा बयालपाटा अस्पतालमा अहिले हरेक महिना ३ सय ५० भन्दा बढी बिरामीले सेवा लिने गरेका अस्पतालको तथ्यांकमा उल्लेख रहेको छ जुन सुदुरपश्चिमका लागी ठुलो संख्या हो । 
 
कार्यशाला गोष्ठीका लागी अन्राष्टिय, काठमाण्डौ प्रदेश नं. ६ र ७ बाट गरी ३५ जना भन्दा बढी शल्यचिकित्सक सहभागी हुने अपेक्षा गरिएको छ । न्याय हेल्थ नेपाल तथा अन्तराष्टिय साईन फ्रकचर केयरको सहयोग रहेको छ । नाफा रहित संस्था पोसिबलको सहयोगमा न्याय हेल्थ नेपालले बयालपाटा र चरिकोट अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ भने अमेरिकामा अवस्थित परोपकारी संस्था अन्तराष्टिय साईन फ्रकचर केयरले हार्डजोर्नी सम्बन्धी सेवा प्रदान गर्नुका साथै शल्य चिकित्सकका लागी प्रशिक्षण समेत प्रदान गर्दै आईरहको छ ।