उम्मेदवारमाथि आक्रमणका घटना नदोहोरियोस ः प्रधानमन्त्री ।।

उम्मेदवारमाथि आक्रमणका घटना नदोहोरियोस ः प्रधानमन्त्री ।।

मंगलबार कार्तिक २८ , २०७४

बाँके |  
प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भइरहेका आक्रमणका घटना दोहोरिन नदिनका लागि सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । यस क्षेत्रमा उम्मेदवारमाथि आक्रमण गर्दै चुनाव प्रचारमा दख्खल पु¥याउने कार्य भएको बारे प्रश्न गर्दै प्रधानमन्त्रीले नेपालगञ्जको सुरक्षा गोष्ठीमा सहभागी सुरक्षा प्रमुख र स्थानीय सुरक्षा प्रमुखहरुलाई निर्देशन दिँदै यसलाई गम्भिरतापूर्वक लिन निर्देशन दिनु भयो ।
 
यस्तै निष्पक्ष र भयरहित चुनावका लागि सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको भन्दै चुनावमा खतरा पु¥याउने सम्भावित समूहका गतिविधि नियन्त्रण गर्न पनि उहाले निर्देशन दिनुभएको छ । नेपालको भूगोलको अवस्था, निर्वाचन आचारसंहिताको पालना नहुनु लगायतका कारणहरु चुनावका लागि चुनौती रहेको भन्दै देउवाले यसबाट चुनावमा प्रभाव पर्न नदिन सबै पक्षको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
 
गृहसचिव मोहनकृष्ण सापकोटाले उम्मेदवारहरु माथी कुनै पनि खालको घटना हुन नदिनका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए पनि बारम्बार घटना भइरहेको भन्दै जिल्लास्तरमा सुरक्षा योजनाको कार्यान्वयनमा कमजोरी रहेको उहाको भनाई छ  ।गृह मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता नारायण प्रसाद शर्माका अनुसार कार्यक्रममा साविक मध्यपश्चिमका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको छ ।