सिमरा गोल्डकपमा


मंगलबार माघ २५ , २०७३

बारामा जारी आठौं सिमरा गोल्डकपमा आज विजय युथ क्लब र सिएमजी संकटाले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । हिजो भएको खेलमा
वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले हराउँदैं त्रिभूवन आर्मी क्लब आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेसँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ । आर्मीले अब सेमिफाइनलमा हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा यसअघि साबिक विजेता विजय युथ क्लब, सिएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब सेमिफाइनल पुगिसकेका छन् ।