बिद्रोही समूह र सरकारबीच शान्तिवार्ता


मंगलबार माघ २५ , २०७३

कोलोम्बियामा सक्रिय बिद्रोही समूह द नेशनल लिवरेशन आर्मी ईएलएन र कोलिम्बिया सरकारबीच शान्तिवार्ता हुने भएको छ । पाँच दशकदेखि सशस्त्र विद्रोह गरिरहेको ई.एल.एन.सँग सरकारले पहिलो पटक वार्ता गर्न लागेको हो ।
इक्वेडरको राजधानी क्युटोमा हुने शान्ति वार्तालाई निकै महत्वका साथ हेरिएको छ । राष्ट्रपति जुआन म्यानुएल सान्तोसको पहलमा हुन लागेको वार्तापछि ई.एल.एन समूह शान्ति प्रक्रियामा फर्कने आशा गरिएको छ ।
यसअघी राष्ट्रपतिकै नेतृत्वमा बिद्रोही समूह फार्कसँग भएको शान्ति वार्ता सफल भएको थियो । यो वार्ता सफल हुन चार वर्ष लागेको थियो ।
ई.एल.एनले कोलोम्बियाका पूर्व सरकारी अधिकारीलाई नियन्त्रणमा लिएपछि कोलोम्बियाली सरकारले वार्ता गर्ने निर्णय गरेको हो ।