नेपाल आज पपुवान्युगिनीसँग भिड्दै, नेपाल गर या मरको अवस्थामा ।।


बिहिबार असार ३१ , २०७२

लगातार दुई खेलमा खराब प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीले विश्व ट्वान्टी–२० क्रिकेट छनोट प्रतियोगितामा आज पपुवा न्युगिनी (पिएनजी) को सामना गर्नेछ । अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुने लक्ष्यसाथ आयरल्यान्ड पुगेको नेपालले चारमध्ये एक खेल जित्दै ३ अंकसाथ समूह ’ए’ को पाँचौं स्थानमा छ  । प्रतियोगितामा अघि बढ्न नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाव छ । नेपाल आज गर या मरको अवस्थामा रहेको छ । तीनमध्ये दुईमा जित निकालेको पिएनजी ५ अंक लिएर दोस्रो स्थानमा छ । अमेरिकालाई ६ विकेटले हराउँदै प्रतियोगितामा विजयी सुरुआत गरेको नेपालको दोस्रो खेल वर्षाले रोकिएपछि नामिबियासँग अंक बाँड्नुपरेको थिया े। तेस्रो खेलमा सहआयोजक आयरल्यान्डका बलरसामु नेपाली ब्याट्सम्यान निरीह बन्दा टोलीले लज्जास्पद हार बेहोरेको थियो ।