About Us

About us

रेडियो अछाम ९४ दशमलव ८ मेगाहर्जको एक परिचय
संचार समुह अछाम, अछाम जिल्लामा क्रियाशिल संचारकर्मीले निर्माण गरेको एक गैरसरकारी सस्था हो । यो सस्था जिल्ला प्रशासन कार्यालय अछाममा २०६८ मा दर्ता भई समाजकल्याण परिषदमासमेत आवद्ध भएको छ । राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता तथा आमसञ्चार माध्यमबाट सामाजिक बिकास र समाज रुपान्तरणको पक्षमा कार्य गर्ने उद्देश्यले स्थापना भएको यो सस्थाले आप्mनो उद्देश्य अनुरुप रेडियो पञ्चदेवलको स्थापना गरेको हो । जुन रेडियो अछामको बिनायकमा संचालन भएको हो । बिनायकमा प्राविविधिक कारणले रेडियो संचलालन गर्न नसक्ने अवस्था सृजना भए पछि संचार मन्त्रालयबाट उक्त रेडियोको नाम परिवर्तन गरी रेडियो अछाम राखिएको छ भने ठाउँसमेत सारी बिनायकबाट मंगलसैन नगरपालिका वडा नं. ६ ठूलासैनमा टावर र प्रसारण स्टुडियो स्थापना गरिएको छ ।

रेडियोको फ्रिक्वइन्सी भने पुरानै ९४.८ रहेको छ । रेडियो अछाम एक सामुदायिक रेडियो हो । यसको प्रसारण क्षमाता 100 वाट हो भने जिल्लाकै उच्च क्षेत्र अन्र्तगत पर्ने ठूलासैनको डाँडोमा टावर स्थापना गरिएको तथा सबै भन्दा पछिल्लो आधुनिक प्रविधियुक्त रेडियो स्टेशन भएकाले जिल्लाका अन्य रेडियोको भन्दा प्रसारण क्षेत्र टाढा सम्म रहेको कुरा रेडियो सुनेर फोनमा प्रतिक्रिया दिने स्रोताहरुबाट प्रमाणित गरिएको छ । रेडियो अछाम हाल अछाम वाहेक बाजुरा, डोटी, डडेलधुरा, बझांग, बैतडी, कालिकोट, दैलेख, सुर्खेत, कैलालीको सुँगरखाल, पण्डौन, सुख्खड तथा बर्दियाका केहि क्षेत्रमा सुनिएको छ । 

उद्देश्य
‘सूचना, मनोरञ्जन र बिकासको संवाहक’ लाई मुलमन्त्र बनाएको रेडियो अछाम सामुदायिक रेडियो भएकाले समुदायसँग सम्बन्धित हरेक बिषयमा पूर्ण जिम्मेवार बनेर संचार वकालत गरिरहेको छ । रेडियो अछाम एफएम समुदायप्रतिको आफ्नो जवाफदेहिता सहितको जिम्मेवारी बहन गर्न प्रतिवद्ध भएर लागिरहेको छ । समुदायलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गर्ने गरी रेडियोका माध्यामवाट समुदायमा चेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्य लिएर रेडियो अछामको स्थापना भएको हो । स्थानीय कला संस्कृति, भाषा, भेषभुषाको संरक्षण गर्नुका साथै बिकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जैविक विविधता, वातावरण, संचार, गरिवी निवारणलगायतका समुदायमुखि क्रियाकलापमा सहकार्य गर्ने यसले नीति लिएको छ ।

रेडियो अछाम ९४.८ मेगाहर्ज मंगलसेन, अछाम